नेकपा नेतालाई पत्रकारले दलित भनेपछि भयो यस्तो

प्रकाशित मिति:

काठमाडौं – कोहलपुरमा गएको आइतबार भएको घटनाबारे नयाँ खुलासा भएको छ । बाँकेको कोहलपुरमा एक पत्रकार कु’टिएका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्य समितिका सदस्य एवं तत्कालीन प्रेस सेन्टर बाँकेका सचिब समेत रहेका पत्रकार सङ्गिन शर्मामाथि हातपात भएको घटना बाहिर आएको थियो । हाल कोहलपुरबाट प्रकाशित काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक समेत रहेका शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले आ’क्रमण गरेको आरोप लगाइएको छ । नेता एवं पत्रकार बिश्वकर्माद्वारा संचालित पत्रिका युगयान दैनिकको कार्यालयको अगाडि बोलाई यस्तो घटना घटाएको आरोप लगाइएको छ । तर यस कुरालाई बिश्वकर्माले भने ठाडै अस्विकार गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस राख्दै पत्रकार शर्मा मा’पसे गरेर आफैं पत्रिकाको कार्यालयमा आएर तथानाम गरेको उनको आरोप छ । उनलाई जातीय रुपमा प्रताडित गर्न खोजिएको पनि उनले आरोप लगाएका छन् । उनीहरुले आफु अफिसमा बसिरहदा दिउँसा ४ः३० बजे नेपाल कम्युनिष्ट पार्टीका कोहलपुर नगर कमिटि सदस्य तथा पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले र कोहलपुर नगर वडा नं. १० कमिटि सदस्य संगिन शर्मा आफ्नो युगयान कार्यालय भित्र प्रवेश गरेको बिश्वकर्माले जानकारी दिएका छन् । संगिन शर्माले जाने वित्तिकै कामी देखि बाहुन, बाहुन देखि कामी लाई नमस्कार गर्ने भन्दै कसले के गर्छ म पत्रकार महासंघ जिल्ला सदस्य हु भन्दै निकै समय हल्ला गरेको बिकले जानकारी दिएका छन् । आफुले तपाई मा’पसे गरेर आउँनु भएको छ प्लिज भोली कुरा गरौं भन्दा शर्माले झन हेप्न थालेको उनले उल्लेख गरेका छन् । यति भनेपछि शर्माले बिकलाई ध’क्काप’क्का गर्नु भयो ।

पत्रकार शर्माले त्यहाँ झ’गडा छुटाउन आएका अरुलाई पनि ध’क्का दिएको बिकले जानकारी दिएका छन् । यति भएपछि बिकले ४ बजेर ४६ मिनेटमा कोहलपुर ईप्रकामा सुरक्षाका लागि सहयोग मागेका हुन् । पत्रकार शर्माले बाटामा युवाहरु सँग र’क्सी’को मा’तमा आ’माच’कार गाली गरेपछि पिटाई खाएको बताइएको छ । जातिय छु’वाछूत दवाउन नेता र पत्रकारको लडाई देखाईएको पनि बिकले आरोप लगाएका छन् । पुजन, प्रदिप र संगिन पनि नेकपा कै हुन् । जातपात छुवाछूत का अ’परा’धी जोगाउन प्रेस युनियन, पत्रकार महासंघ र प्रेस संगठन एक भएको पनि पुजन बिकले जानकारी दिएका छन् । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।