आजपनि बढ्यो सुनको भाउ, चाँदी पनि उच्च

प्रकाशित मिति:

काठमाडौँ – आज पुस महिनाको ८ गते अर्थात् मंगलबार नेपाली बजारमा सुनको भाउ झन् बढेको छ ।हिजो सोमबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि ३ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार २ सय तथा तेजावी सुन ७१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९ सय तथा तेजावी सुन ७१ हजा ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चादीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।आइतबार ५ रुपैयाँ बढेको चाँदी सोमबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।