हिमचुली सहकारी द्वारा रक्तदान

प्रकाशित मिति:

भैरहवा – स्थापना दिवसको अवसर पारेर भैरहवा गाउमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  रगतकै अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले १३ औं स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले बताए । संस्थाले बिभिन्न दिवसहरुको अवसर पारी समाजिक कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको कर्णले बताए । बिरामीहरुलाई फलफुल बितरण, रक्तदान लगायत अन्य कार्यक्रमहरुमा संस्थाको सहभागीता हुने गरेको छ ।

स्थापना दिवसको अवसरमा सहकारीका सदस्य एवम अन्य स्थानिय समेत गरि २६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपानेले मानव जिवनमा अन्य दानहरु भए पनि रक्तदानको महत्व ती सम्पूर्ण दानहरु भन्दा बढी रहेको बताए ।

उनले एक जनाले गरेको रक्तदानबाट अन्यको ज्यान जोगाउन सक्ने भएकोले सक्षम ब्यक्तिलाई रक्तदान गर्न अगाडी आउन आग्रह गरे । हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त कुमारलाल कर्णको अध्यक्षता, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उप सभापति दिपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपसभापति बेचन गुप्ताको स्वागत र सचिव अम्बिका तिवारीको सञ्चालन रहेको थियो ।

थप समाचार