मालिका सहकारीद्वारा रक्तदान , ७५ युनिट रगत संकलन

प्रकाशित मिति:

बुटवल – बुटवल उपमहानगरपालिका वडा न ११ मा रहेको मालिका वचत तथा ॠण सहकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक शोभा पौंडलले जानकारी दिए । रक्तदान माहादान भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि स्यमंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले सहकारीले गरेको काम निकै प्रशंसनिय रहेको बताए । सहकारीका अध्यक्ष चित्र वहादुर बर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सहकारीका सदस्यहरुका साथै स्थानिय शैक्षिक संस्थाका रक्तदाताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पस, नविन औद्योगिक कद्धर वहादुर रिता मावी, तिनाउ वोडिङ स्कुल एवं न्युहोराईजनवाट संस्थागत रुपमा सहभागिता रहेको थियो ।  रक्तसंचार केन्द्र बुटवलको सहकार्यमा भएको कार्यक्रममा सहकारी यज्ञश्वर मरासीनी, कार्यक्रम संयोजक शोभा पौडेल, उपाध्यक्ष कपिल आचार्य, सचिव प्रेम घिमिरे, कोषाध्यक्ष विमल घिमिरे रक्तसंचार केन्द्रका प्राविधिक राधा शर्मा लगायतले रक्तदानको महत्वका विषयमा चर्चा गरेका थिए ।

थप समाचार