प्रेरणाको स्रोत : जसलाई पढ्न उमेरको छेकेन, ७० बर्षमा एमए पास

प्रकाशित मिति:

काठमाडौ – केही दिन अघि सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४५ औँ दिक्षान्त समारोहको एउटा फोटो भाइरल भयो । पढाईलाई उमेरले छेक्दैन, प्रेरक पात्र, प्ररणाको स्रोत जस्ता क्याप्सनमा अधिकांश मानिसका सामाजिक सञ्जाल उहाँको यो फोटो भाइरल बन्यो ।

उहाँ हुनुहुन्छ ७० वर्षीया नानीमैयाँ श्रेष्ठ। त्रिविको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ विद्यार्थीसँगै नानीमैयाँ पनि दीक्षित हुनुभएको थियो । यसले हरेक मानिसलाई उमेरले छेक्दैन पढाई भन्ने सन्देश दिएको छ ।

जीवनका सात दशक काटेपछि नानीमैयाँले पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गर्नुभयो । दीक्षान्त समारोहमा नानीमैयाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नभयो । उहाँ ललितपुरको महालक्ष्मीस्थानकी स्थायी बासिन्दा हो । – जनबोलीबाट