नेविसंघको विरोध प्रदर्शन (भिडियो )

प्रकाशित मिति:

काठमाडौ‌ं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले समयावधि बाँकी रहँदै सरकारले नेपाल ट्रस्टका नाममा रहेको जमिन लिज अवधि थप गरेको विरोधमा प्रदर्शन गरेको हो ।

सार्वजनिक सम्पत्ति जोगाउन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नेविसंघले प्रदर्शन गरेको विद्यार्थी नेता दुजाङ शेर्पाले बताए । “हामी बिनाकाम टायर बाल्न उपस्थित भएका होइनौं । यो सार्वजनिक सम्पत्ति हो ।

सार्वजनिक सम्पत्ति जोगाउन हामीहरू यहाँ आएका हौं । गृहमन्त्रीको अध्यक्षतामा बस्ने नेपाल ट्रस्टको बैठक रक्षामन्त्रीको अधयक्षतामा बसेर सार्वजनिक सम्पत्तिलाई लिज अवधि बाँकी छँदै कम मूल्यमा बेच्ने काम भएको छ,” उनले भने, “यो नेविसंघलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यो हाम्रो सुरुवात मात्रै हो । भोलिका दिनमा भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउँछौं ।”

प्रदर्शनमा सम्बोधन गर्दै नेबी संघ नेता दुजाङ सेर्पा