नेवीसंघका संस्थापक सदस्यलाई स्वागत

प्रकाशित मिति:

गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले नेवीसंघका संस्थापक केन्द्रिय सदस्य गंगाराज पौडेललाई एक कार्यक्रमका बीच कार्यालयमा स्वागत गरेको छ । फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले खादा आढाई पौडेललाई स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै पौडेलले युग पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतीमा फाउण्डेशन नै स्थापना गरी विभिन्न सामाजिक कार्य गरेको प्रती कांग्रेस नेता सुजाता कोइरालालई धन्यवाद ज्ञापन गर्दै गिरिजाबाबुको सिद्धान्त विश्वभरि रहेका नेपालीले जानीराख्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । वहांले फाउण्डेशनका पदाधिकारी एवम सदस्य अझ कटीबद्ध भएर सामाजिक अभियानमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, केन्दिैय सदस्य प्रेम पौडेल, क्रियाशिल सदस्य सुर्य सिंखडा, एनआरएन अमेरिका न्युयनेर्क च्याप्टरका कोषध्यक्ष शोभाकान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो ।