मालिका गाउँपालिका वडा न ८ मभुङ्गमा सार्वजनिक सुनुवाइ सम्पन्न

९ पुष २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की / गुल्मी – सेवा प्रवाहमा पारदर्शिता बिस्वस्नियता र कर्तव्यनिष्ठता सार्बजनिक सुनुवाइ मार्फत सेवाग्राहीमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ मङ्गबार मालिका गाउँपालिका वडा न ८ मर्भुङ्ग सिमलटारिमा सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए नभएको सन्देश नागरिक समक्ष ल्याउनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।कार्यक्रममा वडामा भएका विकास निर्माणको अवस्था, लक्षित वर्गको वजेट, जनप्रतिनिधिबाट नागरिकले लिएका अपेक्षा ,जनप्रतिनिधिबाट भएको राजनितिक हस्तक्षेप, कामबिनाको भुक्तानी ,वडाले संचालन गरेका योजना , बिषयबस्तुमा नागरिकले प्रश्नहरु उठाएका थिए ।मालिका गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष टीका जिसिले नागरिकका समस्याहरुको सम्बोधन गर्दै वडाले सन्चालन गरेका योजना अनुरुप काम गर्न सफल भएको र त्यस्तो किसिमको वडाबाट कुनै पनि योजनामा रकम दुरुपयोग नभएको बताए ।गाउँपालिका भएका समस्याहरुलाई समाधान गर्न आफू र कर्मचारी निरन्तर लागेको र

यदि कसैले गाउँपालिकाको बारेमा नकारात्मक सुचना दिएकै आधारमा नबोली प्रमाण लिएर आएमा त्यस्ता गल्ती जनप्रतिनिधि र कर्मचारी बाट भएको भए कार्वाही गर्ने मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।गाउँपालिकामा रहेका महिलाहरुको पक्षमा रहेर निरन्तर काम गर्दै आएको र आगमि दिनमा महिलाहरुकै आबश्यकता बुझेर गाउँपालिकाले कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन ।प्रशासनको क्षेत्रमा देखिएका समस्या तत्कालै समधान गर्ने नागरिकले योजना भएको अनियमितता बारे सबै योजनाको अनुगम गरि त्यस्तो भएको पाइएमा पैसा असुल गर्ने मालिका गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपक भण्डारीले बताए । मालिका गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा ८ वटै वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य , नागरिक , समाजसेवी , विभिन्न राजनैतिक दलका प्रतिनिधि , बुद्धिजीवी , पत्रकार , सुरक्षाकर्मीको उपस्थिति रहेको कार्यक्रमको पत्रकार गगा खड्काले सहजीकरणमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया