काठमाडौं- पछिल्ला दिनहरुमा देशका धेरै ठाउँको मौसम बदली भइ तराईमा हुस्सु र कुहिरो लाग्दै आएको छ । केही दिनयता तराईका क्षेत्रमा बिहानको समयमा लगातार कुहिरो लाग्दै आएकोमा आज भने पोखरा आसपासको क्षेत्रमा पनि बाक्लो कुहिरो लागेको छ । अहिले हुस्सु र कुहिरो लागेको ठाउँमा पनि दिउँसो घाम लाग्ने सम्भावना छ ।
केही ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहनेछ । नेपालमा कुनै पनि नयाँ प्रणाली नदेखिएकाले अबको एक दुई दिन पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको जानकारी दिइएको छ । आज काठमाडौंको बिहानको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।