सरकारी गाडीमा डेटिङ भन्दै फोटो भाइरल बनेपछि…

प्रकाशित मिति:

काठमाडौं– अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा नवविवाहित जोडीको तस्वीर भाइरल बनेको छ । तस्वीरमा नवविवाहित जोडीले गाडीमा फोटोसेसन गरेका छन् । यसरी फोटोसेसन गर्नु कसैको चासोको विषय नभए पनि त्यहाँ प्रयोग भएको गाडीले सवैको ध्यान आकृष्ट गरेको हो । सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर यो गाडीमामा उनीहरु घुम्न गएका हुनसक्ने तस्वीरले प्रष्ट्याउँछ ।

यो स्कर्पियो गाडी भने मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले प्रयोग गर्दै आएको खुलेको छ भने फोटो सेसन गर्ने जोडी हुन- महेश पण्डित हुन् किरण लामा ।

उनीहरुको केही दिन अघि बिहे भएको हो । सोही विहेको भोजमा पुगेका मेयरको गाडीमा आफूहरुले फोटो मात्र खिचेएको उनीहरुको दाबी छ ।उनीहरुको दाबी र वास्तविकता जे सुकै भए पनि सरकारी साधानको दुरुपयोग भएको भनेर अहिले सामाजिक सञ्जालमा चर्को विरोधसँगै गाली गर्नेहरु बढी देखिएका छन् ।