मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय तोडफोड

प्रकाशित मिति:

मनोज कार्की/गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालयमा तोडफोड भएको छ ।
मंगलबार कार्यालय बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले राती कार्यलयको ढोका , डराज तोडफोड गरि पौष महिनामा संकलन गरिएको राजस्व ३० हजार चोरी गरेको मालिका गाउँपालिका वडा न ७ का वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए ।

बुधबार बिहान कार्यालय खोल्न आउँदा कार्यलयको ताला तोडेको देखेपछि वडाध्यक्ष लगायत प्रहरीलाई खबर गरेका कार्यलय सहयोगी मनिराम पन्थीले जानाकारी दिएका छ्न ।

वडा कार्यलयमा भएको घटनाको मर्भुङ्ग सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ । वडा कार्यलयमा यस्तो घटना हुदा स्थानीय बासिमा त्रास फैलिएको छ । केही समय अघि घमिरको स्वास्थचौकीमा लागाइएको बार पनि तोडफोड गरिएको थियो भने त्यस घटनाको दोषी अहिले सम्म पत्ता लागेको छैन ।