भीरकोट–८ ढापुकमा भलिबलप्रतियोगिता सुरु

प्रकाशित मिति:

भीरकोट – तमु जातिहरुको महान् पर्व ल्होसार (पौष १५) तथा २५९७औँ (च्हू ल्हो)को पावनअवसरमाभीरकोट नगरपालिका वडा नं. ८ ढापुक मा रहेको श्री जन एकतायूवा परिवारले गाउँ स्तरीय पुरुषभलिबलप्रतियोगिताआयोजना गरेको छ । “सेवा नै महान् धर्म हो” भन्ने नारा सहित समाजसेवामालागि परेको क्लबले विभिन्न सह्रानीय सामाजिककार्य गर्दै आएको छ । क्लबकाअध्यक्षधनबहादुर गुरुङको अध्यक्षतामाभएको उद्घाटन कार्यक्रमभीरकोट नगरपालिकाकानगर प्रमुख छायाँरामखनालले पौष ८ गते उद्घाटन गर्नुभयो ।उक्तकार्यक्रममा स्वागतमन्तव्यक्लबकापूर्व सचिवपदम गुरुङ र शुभकामनामन्तव्यक्लबकाप्रमुख सचेतक मन प्रसाद गुरुङले गर्नुभयो ।
जनएकता बहुउद्देश्यीयसामुदायिकभवनको प्राङ्गणमा सञ्चालितखेलहरु पौष ९ गतेबाट सुरु भई १४ गते विविध साँस्कृतिककार्यक्रमसहित सम्पन्नहुने कुरा आयोजक स्रोतले जानकारी गराएको छ ।करिब २५ टिमको सहभागिता रहनेप्रतियोगितमाविजेता समूहहरुलाई ६० हजार, ३५ हजार, २५ हजार र १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र क्रमशःप्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदानगरिनेछ । यसका साथै बेस्ट प्लेयर, बेस्ट लिफ्टर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर, अनुशासित खेलाडी लगायतशीर्षकमापनि पुरस्कार प्रदानगरिनेछ ।

उद्घाटन कार्यक्रममाबोल्दै नगर प्रमुख छायाँरामखनालले खेलकुदले व्यक्तित्वशारीरिक तथाव्यक्तित्वविकास हुनुका साथै आपसीभाइचारा बढ्ने हुनाले समाजमा राम्रो सन्देश दिने र यसका माध्यमबाट पर्यटन प्रवद्र्धनमापनि टेवापुग्ने कुरा बताउनुभयो । शिक्षा, खेलकुद र पर्यटनमा ढापुक नगरपालिकाभित्रमात्रनभई जिल्लामा नै अब्बल रहेको दावीगर्दै कुनै पनिविकासकाकार्यमा प्रस्ताव सहितआएको खण्डमा नगरपालिकाको तर्फबाट सबै खाले सहयोग गर्न तयार रहेको कुरा थप्नुभयो । ‘यस्ताखालका खेलकुदकाकार्य क्रमकालागिकुनै आर्थिक सहयोग नगर्ने तर पूर्वाधार निर्माण गर्न, आवश्यक खेलकुदतथाअन्य सामाग्रीहरु दिनकालागि सदा तत्पर रहेको छु र दिने प्रतिवद्धता पनिगर्दछु ।’ कार्यक्रममाभीरकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्षतथानगर प्रवक्तादिपेन्द्र के.सी, वडा नं. ८ काअध्यक्षतनबहादुर गुरुङ, वडा सदस्यतथाक्लबका सल्लाहकार चित्रबहादुर रानाभुजेल, पब्लिक एकेडेमीमा.वि.कीप्रध्यानाध्यापक देवकी रेग्मीनगर प्रमुखका स्वकीय सचिवनन्दु खनाललगायतले बोल्नुभएको थियो भने सञ्चालनक्लबका सचिव रिबनकुमार विश्वकर्माले गर्नुभएको थियो ।