चौथो सैनामैना महोत्सवको तयारी तिब्र :  ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य

प्रकाशित मिति:

                                   व्यापार मेलाको टिकटको एक रुपैयाँ सामाजिक क्षेत्र लगानी गरिने

नरेश चौधरी / मुर्गिया – सैनामैना उद्योग बाणिज्य संघले आयोजना गर्ने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवको तयारी तिब्र पारिएको छ । “आर्थिक विकासका राष्ट्रिय आधार कृषि, पर्यटन, उद्योग व्यापार” भन्ने मुल नाराका साथ महोत्सव यहि पौष २४ गते देखि माघ ६ गते सम्म संचालन हुदै छ ।

महोत्सवको अहिले सम्म ६० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला लाग्ने स्थल मिलाउने कार्य, स्टल बुकिङ्ग, संघ सस्थाहरु संगको सहकार्य तथा छलफल, प्रचार प्रसारलाई अहिले तिब्र परिएको छ । मेला सफल बनाउन संस्थाका अध्यक्ष्य राज बहादुर क्षेत्रीको संयोजकत्वमा ५५१ मुल आयोजक समिति र ३० सदस्यीय उपसमिति गठन गरि तयारी थालिएको छ ।

यस पटकको सैनामैना महोत्सव चौथो संस्करणका रुपमा संचालन गर्न लागिएको छ । महोत्सवमा पुरातात्विक सम्पदा, धार्मीक, पर्यटकीय स्थलको प्रर्वद्धन गर्ने उद्देश्यले सैनामैना झल्किने उद्यान–पार्क, शिवा जीको मुर्ति, सेल्फिजोन राखिने छ । मेलाको मुख्य अकर्षणहरुमा सैनामैना डान्सीङ्ग आइडल, नगर स्तरिय विद्यालय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगीता, खुल्ला व्याडमिन्टन प्रतियोगिता, वडा स्तरिय भलिवल प्रतियोगिता, वडा स्तरिय लोक दोहोरी गीत प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव सैनामैना ४ मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन हुने छ । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला संचालन गर्न लगिएको आयोजकको भनाई छ ।

महोत्सवले भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा सैनामैनामा रहेका पर्रोहा बोलबम धाम, मलमला मन्दिर, ऐतिहाँसिक बौद्धकालिन सैनामैना क्षेत्र लगायतका संस्कृतिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार तथा प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने संघका अध्यक्ष राज बहादुर क्षेत्रीको भनाई छ ।

उहाँले भन्नु भयो – “महोत्सवले सैनामैना नगरपालिकाको क्षेत्रमा उत्पादित वस्तु, सेवा, सीप, ऐतिहांसिक एवं धार्मीक, सालझण्डी हुँदै ढोरपाटन पर्यटकिय सडक खण्ड, ऐतिहासिक महोत्व बोकेको पर्राेहा परमेश्वर बोलबम धाम मन्दिर, थारु जातिको विशेषता झल्काउने थारु होमस्टे, मलमल चौरा बाबा मलमला मन्दिर, ऐतिहासिक रानिकुंवा, बोलबम पर्यटकिय हिलपार्क, यस क्षेत्रका कला, संस्कृती, भेष–भुषा खानाका परिकार लगाएत व्यापार व्यवासयलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमै चिनाउन मद्दत पुग्ने छ र मेलामा सोहि अनुसार स्टल राखिने छ ।”

यस पटकको महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीको भनाई छ ।

महोत्सवमा तरकारी, फलफुल माछा, मह, विउविजन, मलखाद, कृर्षि औजार, प्रविधि तथा यन्त्र, जडिवुटि, औषधी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छालाका समानहरु, तयारी पोसाक, जुत्ता चप्पल, गलैचा, सौर्य उर्जा, तथा जलविधुत, सुचना प्रविधि, इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स समान, फार्निचर, बैंक तथा वित्तिय संस्था, प्रविधि र कृर्षि लगाएत दैनिक उपभोग्य समानाको स्टल रहने छ । महोत्सवमा स्थानिय उत्पादन तथा व्यवसायिक समानहरुलाई प्रथमिकता दिईने संस्थाका बरिष्ठ उपाध्यक्ष ताथ मुल आयोजक समितिका उपसंयोजक प्रेम बहादुर खड्काले जाकारी दिनु भयो । मेलामा २२० स्टल रहने छन् जस मध्य अहिले सम्म ८० ओट स्टल बुकिङ्ग भैसकेको उहाँले जानकारी दिनु भयो । महिला उद्यमीलाई २५ प्रतिशत र स्थनिय महिला हस्तकलाको स्टलमा ५० प्रतिशत छुट दिईएको उहाँको बताउनु भयो ।

स्थानिय कला, संस्कृती, पुरातत्विक तथा पर्यटकीय स्थालको प्रवद्र्धन, उधोग, व्यापार व्यावसय, कृर्षि, लगाएत यस क्षेत्रमा उत्पादित बस्तु, सेवा, सिपको प्रदर्शन तथा बाजारिकिकरण गर्न सहयोग मिल्ने संस्थाका महासचिब दिपाक अधिकारीले बताउनु भयो ।

महोत्सव अवधिभर कलाकारहरु पशुपति शर्मा, राजु परियार, विष्णु खत्री, मनोज गजुरेल, प्रकाश सपुत, कालिप्रसाद बास्कोटा, कमला घिमिरे, प्रचण्ड जि.सि. राजेन्द्र कंडेल, खेम सेन्चुरी, पुरुषेत्तम पौडेल शिलु भट्टराई, राम प्रसाद पौडेल, योगराज पोखरेल लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्कृतिक संयोजक हिमाल गैरेले बताउनु भयो । विभिन्न जात जातिका संस्कृती भल्कीने नाच–गान, झांकी महोत्सवमा प्रदर्शन गरिने उहाँको भनाई छ ।

महोत्सबको प्रत्येक टिकटको अम्दानीबाट समाजिक कार्यमा सहयोग

यहि पौष २४ गते देखि माघ ६ गते सम्म सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा अम्दिानी हुने प्रति टिकटको आम्दानीबाट १ रुपैयाँ समाजिक कार्यमा सहयोग गरिने सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ ।

स्थानिय संघ सस्थाहरुको सहयोग तथा शुभकामना

महोत्सव सफल बनाउन सैनामैना उद्योग बाणिज्य संघले अहिले ब्यपाक रुपमा स्थानिय संघ सस्थाहरु संगको सहकार्य सहयोगको अपेक्ष सहित छलफल तथा अन्तरक्रृया कार्यक्रमलाई विशेष जोडका साथ दैनिक रुपमा निरन्तरता दिएको छ ।

संघले जनप्रतिनिधि, राजनितिक दल, वस्तुगत समिति, पत्रकार, बैंक, सहकारी तथा वित्तिय संस्था संग छलफल गरिसकेको छ । विद्यालय, क्याम्पस , मठन्दिर, आमा समुह, क्लबहरुको छलफललाई निरन्तरता दिईने मुलआयोजक समितिका उपसंयोजक रिमबहादुर श्रेष्ठले बताउनु भयो । संघले छलफल कार्यक्रम अन्तरगत सैनामैनाको ११ वडा मध्य ८ ओटा वडामा अहिले सम्म अन्तरक्रृया गरिसकेको छ ।

यस्तै महोत्सव सफल बनाउन यस क्षेत्रका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकार, संघ सस्थाका प्रतिनिधि, आमा समुह क्लबहरुले महोत्सव सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता सहित शुभकाना दिएका छन् ।

महोत्सव सैनामैना बासिको अपनत्व हुने खालको बनाउनका लागि स्वार्थ भन्दा माथि उठेर संघले काम गर्नु पर्ने स्थानिय उत्पादन व्यवासय, कला, संस्कृतीको प्रर्वद्धन तथा महोत्व दिनु पर्ने, स्थनिय व्यापार तथा ब्यवासयिहरुको मर्मअनुसार काम गर्नु पर्ने सुझाव दिएका छन् ।