सूर्य ग्रहणलाई कसरी हेर्ने ?

प्रकाशित मिति:

काठमाडौँ /सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुादैन ।सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावबारे भने हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको खगोलविदहरु बताउँछन् ।