सूर्यग्रहण ‘:सुन्दर तर खतरनाक’

प्रकाशित मिति:

काठमाडौं /पौष कृष्ण औँसीका दिन आज बिहान आठ बजेर ४३ मिनेटदेखि काठमाडौंका साथै देशैंभर खण्डग्रास सूर्यग्रहण लागिरहेको छ । ग्रहणको मध्य समय बिहान १० बजेर १ मिनेटमा भएको छ भने ग्रहण ११ बजेर ३१ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।यस सूर्यग्रहणलाई लिएर अमेरिकी स्पेस एजेन्सी नासाले चेतावनी जारी गरेको छ । नासाले पनि मानिसहरुलाई सूर्यग्रहणको समयमा सावधानी अपनाउन सुझाव दिएको छ ।

धार्मिक ग्रन्थले जनाए जस्तै नासाले पनि ग्रहण लागेका बेला आफ्नो खुला आँखाले सूर्यलाई नहेर्न सुझाव दिएको छ । ग्रहण लागेका बेला सूर्यबाट विकिरणहरु आउने भन्दै नासाले यस ग्रहणलाई सुन्दर तर खतरनाक भनेको छ ।सूर्य ग्रहण हेर्न चहाने मानिसहरुलाई विकिरणबाट बच्ने खालको चस्मा लागएर मात्र हेर्न नासाले सुझाव दिएको छ । त्यस्तै तस्बिर खिच्न पनि सोलार फिल्टर्सको उपयोग गर्न नासाले सुझाव दिएको छ ।यो सूर्यग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण नेपालका साथै भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपवाट देखिन्छ । साथै अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ ।