मन्त्रिपरिषद् बैठकद्वारा आईजीपी खनालको चीन भ्रमण अस्वीकृत

१० पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्तावलाई अस्विकृत गरेको हो । आईजीपी खनालको ठाउँमा प्रहरीका एक डीआईजीलाई पठाउने निर्णय भएको बताइएको छ।

आईजीपी खनालको भ्रमण प्रस्ताव रद्द गरीनुको कारण नखुलाइएपनि एउटै टिममा जाने भनिएका गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायतको भ्रमण भने बैठकले अनुमोदन गरेको छ । गृहमन्त्री थापा चीनका आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रालयको निमन्त्रणामा चीन जान लागेका हुन्। यसअघि सरकारले अमेरिकाको सिकागोमा हुने विश्वका प्रहरी प्रमुखहरूको सम्मेलनमा जानका लागि अन्तिम तयारीमा रहेका खनालको भ्रमण अस्विकृत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण