फिल्म गर्न करीनाको यस्तोसम्म त्याग

१० पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी/अभिनेत्री करीना कपूर खान बलिउडमा प्रवेश गरेको २० वर्ष भैसकेको छ । यो बीचमा उनले एकसेएक उम्दा फिल्म दिइसकेकी छन् । सन् २००० मा फिल्म ‘रिफ्यूजी’ बाट बलिउडमा डेब्यू गरेकी उनको करिअर अहिले सफलताको उत्कर्षमा छ । २० वर्ष लामो फिल्म करिअरमा उनले कुनै फिल्मका लागि अडिसन दिएकी थिइनन् । उनलाई आफैं फिल्मको अफर मिल्दै गयो । तर, उनले पहिलो पटक अभिनेता आमिर खानसँग काम गर्नका लागि अडिसन दिएकी छन् । हाल छायांकनरत फिल्म ‘लाल सिंह चड्ढा’ का लागि उनले अडिसन दिएकी थिइन् । एक अन्तर्वार्तामा उनले यो कुराको खुलासा गरिन् । उनले अडिसन दिएको ‘लाल सिंह चड्ढा’ आफ्नो करिअरको पहिलो फिल्म रहेको बताइन् । योसँगै उनी स्क्रीनिङ प्रक्रियाबाट पनि गुज्रनु परेको थियो ।

उनले भनिन्, ‘यो मेरो करिअरको एकमात्र यस्तो फिल्म हो, जसका लागि मैले अडिसन दिएँ । म आमिरभन्दा बाहेक यस्तो कुनै पनि फिल्म र कुनै पनि व्यक्तिका लागि गर्दिनँ ।’ यसअघि उनले आमिरसँग सुपरहिट फिल्म ‘थ्री इडिएट्स’ र ‘तसाल’ मा काम गरेकी थिइन् । दुईको अनस्क्रिन जोडीलाई दर्शकले निकै रुचाएका छन् । करीनाको नयाँ ‘गूड न्यूज’ यही शुक्रबार रिलिज हुँदैछ ।फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ । तर पनि उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । तर, उसलाई प्रेमिकाले छाडेर जान्छिन् । यसको हिन्दी रिमेकमा आमिर र करीनासँगै साउथका सुपरस्टार विजय सेतुपतिको पनि अभिनय रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध