१७ वर्षीया युवतीले विमान चोरेपछि

११ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षकी एक किशोरी लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरिन् र एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल हुन सकेन । उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्किएको छ ।घटना पुस २ गते फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलको हो ।

एयरपोर्टमा उपस्थित पुलिसका अनुसार युवतीले विमानको इन्जिन चलाइन् र नजिकै जंजिरले बनेको बारमा ठोक्किन पुगिन् । विमानस्थलभित्र प्रवेशका लागि किशोरीले सैन्य क्षेत्रबाट करिब ४ सय मिटर टाढा बनाइएको बारबाट घुसपैठ गरेको बताइन्छ ।किशोरीलाई विमान चोरीको शंकामा पक्राउ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…