कञ्चनमा १२७ औं माओ जयन्ती – नेता भण्डारी भन्छन ‘ओली नेतृत्वको नेकपा सरकार देशलाई भारतमा बिलय गर्दै’

प्रकाशित मिति:

                                             ओली नेतृत्वको नेकपा सरकार देशलाई भारतमा बिलय गर्दै नेता – भण्डारी

कञ्चन –  मार्क्सबादी दर्शन अध्ययन मञ्च,कञ्चनको आयोजनामा आज १२७ औं माओजयन्तीको अवसरमा प्रबचन कार्यक्रम सम्पन्न भएको छ।कञ्चनको हरैया बहुमुखी क्याम्पसको सभाहलमा भएको प्रबचन कार्यक्रममा नेकपा माओबादी (क्रान्तिकारी)पोलिट ब्युरो सदस्य प्रेम सुवेदीले प्रचण्ड र ओली नेतृत्वको नेकपाले देशलाई भारतमा बिलय बनाउनकै लागि ईतिहास बोकेको कालापनाी लिपुलेक र लिम्पियालाई भारतले आफ्नो नक्सामा पार्दा अन्तराष्ट्रिय अदालतमा मुद्दा नहालेको बताएका छन

यता हाँक साप्ताहिकको पुर्ब कार्यकारी सम्पादक तथा अखिल नेपाल बुद्धिजिबी संघका पुर्ब महासचिब शसीधर भण्डारीले दुईतिहाईको ओली सरकारले कम्युनिष्ट सिद्धान्त अनुसार काम नगरी बिदेशी पुजीपति र दलालहरुको संचालक समिति बनेको र जनतलाई कम्युनिष्टको नाममा झुटको खेती गरेको भन्दै ढाट्नेहरुको बास्तबिककतालाई एक दिन जनताले नांगेझार पार्ने बताएका छन।

चिनको जनवादी क्रान्तिका नायक कमरेड माओको १२७ अौं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा माओवादी ९ क्रान्तिकारी ० पोलिटब्युरो सदस्य प्रेम सुवेदी , बामपंथी नेता शशिधर भन्डारी ले माओले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै चिनमा जनबादी क्रान्ति सम्पन्न गर्दाको अवस्था र नेपालको अहिलेको अवस्था उस्तै भएको हुनाले नौलो जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नु पर्ने कुरामा जोड दिदै सो कुरा बताएका हुन।

नेकपा माओबादी ९क्रान्तीकारी० बैध समुहका पोलिटब्युरो सदस्य प्रेम सुबेदीले नेपालका कम्युनिस्ट पार्टीमा ब्रुजुवाहरुको बाहुल्यता रहेको हुनाले कम्युनिस्ट पार्टीलाई सहि दिशामा अगाडि बढाउन साँस्कृतिक क्रान्तिलाई जोड दिनुपर्ने र माओले भनेझै आफ्नो देशको आवश्यकता अनुसार हेड क्वाटरमा बम बर्साउन पर्ने आवस्यक्तामा जोड दिएका थिए। यस्तै अखिल नेपाल बुद्धिजिबी संघका पुर्ब महासचिब शसीधर भण्डारीले राष्ट्रिय स्वाधीनताको आन्दोलन र देशीय दलालहरुका बिरुद्ध संघर्ष जोडेर अगाडि बढाउन सबै शक्तिहरु एक बन्नु पर्ने कुरा बताएका छन । कार्यक्रममा नेत्र नारायण शर्माको अध्यक्षता , कपिल पौडेलको संचालन र चुडामणि शर्माको स्वागत रहेको थियो । कार्यक्रममा साविक रुद्रपुर गाबिसका पुर्ब अध्यक्ष लक्ष्मिकान्त पौडेलले समेत बोलेका थिए।