बिहान उठ्ने बित्तिकै नगर्नुस् यी ९ काम

प्रकाशित मिति:

एजेन्सी /यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ । तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चिन्तामा बितोस् भन्ने चाँहदैन ।प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुदैन त थाहा पाउनुस् ।

१। शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।
२। बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।
३। बिहान उठेर कसैसंग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।
४। साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्को स्वरमा हर्कानु हुदैन ।
५। आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।
६। बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैन ।
७। पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।
८। खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुदैन ।
९। घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।

के गर्नुपर्छ 
१। बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।
२। आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।
३। दिन शुभ बनाउन खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।