शिक्षिकाका यी तस्विर देखेर विश्व चकित

प्रकाशित मिति:

एजेन्सी – विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । केही कुराहरु हामीलाई जानकारी भए पनि धेरै कुरा भने जानकारी हुँदैन । यस्तै एक घटना अहिले बाहिर आएको छ । स्पेनको एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई मानव शरीरको संरचनाबारे जानकारी दिन एउटा अनौठो उपाय लगाएको तथ्य बाहिर आएको छ ।

उनले देखाएको यो ह’र्कत सामाजिक सञ्जालमा विश्वभर खुलेर चर्चा भइरहेको छ । जानकारी अनुसार स्पेनको वेलेडोलिडको एउटा विद्यालयकी शिक्षिका वेरोनिका ड्र्युक जीवविज्ञान पढाउन मानव शरीरको आन्तरिक अं’गहरु भएको कपडा लगाएर कक्षामा पुगेकी थिइन् । उनले आफ्ना विद्यार्थीलाई मानव शरीरका एकएक अं’गहरुबारे जानकारी पनि दिइन् ।

यसलाई विद्यार्थीले पनि निकै चाखपूर्वक हेरेको भिडियो सार्वजनिक भएको छ । ४३ वर्षीया वेरोनिक विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिसलगायतका विभिन्न विषय पढाउँदै आएकी छन् । कुनै पनि विषयमा शिक्षण गर्दा सीधै भनिदिएर वा ब्ल्या’क बोर्डमा चित्र बनाएर विद्यार्थीलाई बुझाउन गाह्रो भएको ठहर गरिन् ।