राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकियो मतदान केन्द्र

प्रकाशित मिति:

सबलपोस्ट /काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको छ । आयोगले १८ सदस्यको निर्वाचनका लागि हरेक प्रदेशमा एक–एकवटा मतदान केन्द्र निर्धारण गरेको हो । प्रदेश १ को वीरेन्द्र सभागृह विराटनगर, प्रदेश २ को महेन्द्र नारायण स्मृति भवन धनुषा र प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा भवन मतदान केन्द्र तोकिएका छन् ।

गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्र भवन, कर्णाली प्रदेशको सुर्खेत निर्वाचन कार्यालय भवन र सुदूरपश्चिम प्रदेशका लागि डोटीको पद्म पब्लिक मुक्तिनारायण माविलाई मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।