कांग्रेस केन्द्रीय समिति बैठक : ‘पेलेर जाने रणनीतिमा संस्थापन पक्ष’

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ। आन्तरिक विवाद समाधानका लागि पटक–पटक स्थगित हुँदै आएको बैठक विवाद समाधानबिनै आज बस्न लागेको हो। विवाद समाधानका लागि दुई सातादेखिको छलफलबाट सहमति नजुटेपछि संस्थापन पक्ष असन्तुष्ठ पक्षलाई पेलेरै जाने रणनीतिमा देखिएको छ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने संस्थापन पक्षको भनाइ छ। यता असन्तुष्ठ पक्षले भने विवाद समाधान नगरी बैठकमा सहभागी नहुने जनाएको छ। विवाद समाधानका लागि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीचको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।