नगरप्रमुख किरण सिंहद्वारा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

११ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
79 Shares


इमरान खान / कपिलवस्तु  –  कपिलवस्तु नगरपालिका वडा नं ४ पिपरीमा अधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ । केन्द्रको उदघाटन नगरप्रमुख किरण सिंहले गरेका हुन ।सेवा केन्द्रबाट कपिलवस्तु आसपासका व्यक्तिहरुले राम्रो आधारभुत स्वास्थ्य सेवा पाउनेमा आफू ढुक्क रहेको सिंह बताउँछन्। हाल घरभाडामा रहेको स्वास्थ्य सेवा केन्द्रको भवन अबको २ वर्षभित्र तयार हुने उनले जानकारी दिए ।जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख योगेन्द्र भगतका अनुसार स्वास्थ्य नै मानिसको धन हो मानिस स्वस्थ्य रहे धन कमाउन सकिन्छ ।

सेवा केन्द्रले बच्चा, वृद्ध वृद्धा गर्भवती लगायतलाई आधारभुत सेवा दिने र सुतकेरीलाई थप सेवा दिन तौलिहवा अस्पतालमा पठाउने भगतले बताए। स्वास्थ्य सेवा स्थापित हुँदा जनता धेरै खुसी रहेने वडा नं ४ का अध्यक्ष रविन्द्र त्रिपाठीको भनाइ रहेको छ । यो भन्दा पहिला उपचार तथा स्वास्थ्य सेवाको लागि ४ किलो मिटर टाढा तौलिहवामा जानु पर्ने अवस्था रहेको थियो । तर अब त्यो समस्याको समाधान हुने हुँदा आफू र स्थानीय खुसी भएको उनले बताएका हुन। हाल सेवा केन्द्रमा सिएमे, अनमी र कार्यलय सहयोगी गरी ३ जनाको दरवन्दी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया