कीर्तिपुरमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

प्रकाशित मिति:

कीर्तिपुर/ कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।आज अपराह्न भेटिएको उक्त शंकास्पद वस्तु ‘ह्याण्ड ग्रिनेड’ बम भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए।शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरमा प्लास्टिकसँगै उक्त शंकास्पद वस्तु भेटिएको थियो ।

शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको कामतीले जानकारी दिए ।