कारको ढोका बन्द गर्न नमान्दा छोडपत्र

प्रकाशित मिति:

एजेन्सी /विवाह संस्था आजकल कमजोर भइसकेको छ । सामान्य भन्दा सामान्य विवादले पनि पति पत्नीबीच सम्बन्ध टुट्न थालेको छ ।साउदी अरबमा एक व्यक्तिले सामान्य विषयमा नै सम्बन्ध विच्छेद गरका छन् । उनले कारको ढोका नलगाएको कारणले वैवाहिक सम्बन्ध तोडिदिएका छन् ।उनीहरुको सबै परिवार पिकनिक गएर रमाइलो गरी फर्किएका थिए ।

उनकी पत्नी बच्चाहरुलाई उतारेर कारकोे ढोका नलगाई घरभित्र गएकी थिइन् । पतिले ढोका लगाउन आग्रह गरेपनि पत्निले नलगाएकोले विवाद भएको कारण वैवाहिक सम्बन्ध टुटेको थियो ।विवाद पछि पतिले झगडा मिलाउन खोज्दा पनि पत्नीले नमानेपछि सम्बन्ध विच्छेद भएको थियो ।