बिद्यालय स्तरिय फुटबल प्रशिक्षण, एक समारोह बिच उद्घाटन 

प्रकाशित मिति:

तिलोत्तमा/तिलोत्तमा फुटबल एकेडेमीद्धारा संचालित आधारभुत बिद्यालय स्तरिय फुटबल प्रशिक्षण २०७६ एक कार्यक्रमका बिच उद्घाटन भएको छ । एकेडेमीका अध्यक्ष तिलक नेपालीको अध्यक्षता र तिलोत्तमा नगरपालिका वार्ड न ४ का वार्ड अध्यक्ष दिबाकर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनज्योती क्लबका अध्यक्ष मित्रलाल न्यौपाने,जन ज्योति माविका शिक्षक बिस्नु न्यौपाने, एकेडेमीका सल्लाहकार कृष्ण बहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एकेडेमीका महासचिव युबराज पराजुलीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा स्मृति बोर्डिङ स्कुल र जनज्योति माविका ४५ जना विद्यार्थीहरु प्रशिक्षणमा सभागी रहेका छ्न । एएफसि ए लाइसेन्स प्राप्त प्रशिक्षक याम प्रसाद गुरुङ प्रशिक्षक र कार्यक्रमको सम्योजक घनस्याम श्रेष्ठ रहेका छन् । कार्यक्रम प्रत्येक हप्ता शुक्रबार र शनिवार हुनेछ । प्रशिक्षण बिद्यालयहरुलाइ पायक पर्ने ठाउँमा गरिने एकेडेमीका सचिव पराजुलीले बताए ।