सानोतिनोको ४ दिने आधारभुत सहकारी शिक्षा तालिम सम्पन्न

प्रकाशित मिति:

कञ्चन/कञ्चन गाउपालिकामा रहेको सानोतिनो सहकारी संस्था,कञ्चन–४,थकालीचौकले पुष ८ गते देखि शुरु गरेको ४ दिने आधारभुत सहकारी शिक्षा तालिम आज सम्पन्न भएको छ।
हाम्रोे सहकारी,राम्रो सहकारी,बचत पनि खुशी पनि भन्ने सहकारीको जिवनपयोगी भनाइलाई सार्थक बनाउन आयोजना गरिएको सहकारी शिक्षा तालिमको समापन गर्दै कञ्चन गाउपालिका वार्ड नं। ४ का कार्यबाहक वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केशर बहादुर क्षेत्रीले सानोतिनो बचतबाट ठूलो आम्दानी गर्न सकिने भन्दै बचत गर्दा परिवारमा खुशी आउने बताउनु भएको छ । प्रमुख अतिथि क्षेत्रीले सहकारी बचत गर्ने शेयर सदस्यकोलागि खुशीको आधार हुने र शेयर सदस्यको खुशीले कञ्चनको समृद्धीको आधार बन्ने बताउदै सहकारीले हरेक ब्यक्तिमा बचत गर्ने बानीको बिकास गराउदै आय आर्जजनको क्षेत्रमा समेत लगानी गर्न लगाउनमा अभिप्रेरित गर्नु पर्ने बताउनु भएको ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा तालिमका प्रशिक्षक लक्षमण पौडेलले सहकारीका हरेक शेयर सदस्यहरुले आफुले बचत गरेको बचत रकम कहां र लगानी भएको कर्जा बेलामा असुली भएको छ वा छैन भन्ने कुराको समेत निरानी गर्नु सबै भन्दा बुद्धिमानी शेयर सदस्य हुने बताउनु भएको छ ।आफुले बचत गरेको थोरै रकमबाट उत्पादन क्षेत्रमा लगानी गर्नको लागि सहकारीबाट न्यून ब्याजदरमा कर्जा लिए पनि आफुले तिरेको ब्याज आफैलाई नै प्राप्त हुने भएकोले बैक भन्दा नजिकको बित्तिय संस्था नै सहकारी भएकोले सबै सदस्यहरु सचेत बन्नु पर्ने बताउनु भएको छ । त्यस्तै अर्का बिशिष्ट अतिथि तथा कार्यपालिका सदस्य लक्ष्मी परियारले सहकारीमा बचत गरी सहकारी मार्फत कर्जा लिएर उधमी क्षेत्रमा लगानी गर्नमा सहकारीले शेयर सदस्यहरुलाई अभिप्रेरित गर्नु पर्ने बताउनु भएको छ ।
सानोतिनो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष क्याप्टेन बिष्णु नारायण श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै सहकारीको अर्थ एक आपसमा सहकार्य गरी बराबर रुपमा आम्दानी गर्नु हो भन्दै हरेक शेयर सदस्यहरुले बचत गर्ने बानीको बिकास संगसंगै सहकारीबाट लिएको कर्जालाई जिवन निर्बाह गर्न सकिने गरी आम्दानी हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट तारा शर्मा र खेम प्रसाद ज्ञवालीले समेत प्रशिक्षणको समयमा आफुले सिकेको सहकारी शिक्षाबाट सहकारीलाई नजिकबाट चिन्ने मौका पाएको बताएका थिए ।संस्थाका सचिव सुमित्रा बुढाथोकीको संचालन सम्पन्न तालिममा ५ सय जना शेयर सदस्यहरुले सहकारी शिक्षा तालिम लिएका थिए भने उक्त सानोतिनो सहकारी संस्था लिमिटेडको ७ सय ३५ जना शेयर सदस्य रहेका छन ।