नाइजेरियामा ११ जनाको हत्या गरेको आइएसको दाबी

प्रकाशित मिति:

एजेन्सी/ विद्रोही संगठन इस्लामिक स्टेट ९आइएस० ले एक भिडियो सार्वजनिक गरेर नाइजेरियामा ११ जनाको हत्या गरेको दाबी गरेको छ ।हत्या गरिएका सबै इसाई धर्मावलम्बी रहेको र उनीहरुको हत्या घाँटी रेटेर गरिएको आइएसले दाबी गरेको छ । आइएसको समाचार संस्था अमाकले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिको घाँटी छिनाउँदै गरेको देखाइएको छ ।भिडियो ५६ सेकेण्डको छ । मारिनेका बारेमा थप केही खुलाइएको छैन, तर उनीहरु सबै पुरुष हुन् । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट अपहरण गरिएका ती व्यक्तिको हत्या बदलाका लागि भएको आइएसले बताएको छ ।

गएको अक्टोबरमा सिरियामा भएको आफ्ना सर्वोच्च नेता तथा प्रवक्ताको हत्याको बदला लिन ११ जनाको हत्या गरिएको आइएसले जनाएको छ। सो भिडियो बिहीबार सार्वजनिक भएको हो ।भिडियोमा अज्ञात स्थानमा गोली हानेको आवाज आउँछ । त्यसपछि एकजनामाथि गोली हानिन्छ र बाँकी १० जनालाई भूईँमा लडाएर घाँटी काटेको देखिन्छ ।गएको अक्टोबरमा आइएसका तत्कालनीन नेता अबु बकर अल–बग्दादी र प्रवक्ता अबुल हसन अल–मुहाजिरको सिरियामा मृत्यु भएको थियो।त्यसको दुई महिनापछि डिसेम्बर २२ मा आइएसले आफ्ना नेताको मृत्युको बदला लिने भन्दै नयाँ सैन्य अभियान सुरु गरेको बताएको थियो । त्यसपछि विभिन्न देशमा भएका आक्रमणको जिम्मा आइएसले लिएको छ ।