नेपाली कांग्रेसका नेता रामचन्द्रले भने : देउवाले पार्टीलाई धरापमा पारे

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवाले बहुमतको बलमा एकलौटी निर्णय गरेर पार्टीलाई धरापमा पार्ने काम गरेको आरोप लगाएको छ। शनिबार महाराजगञ्जस्थित कोइराला निवासमा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले एकलौटीरुपमा गरिएका निर्णय आफूहरुलाई मान्य नहुने बताएका हुन्। पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन मान्य नहुने बताए।पौडेल समूहको बहिष्कारका बीच शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने, २८ विभागलाई बढाएर ४७ वटा बनाउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको थियो। महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री एवं वार्ता टोलीका संयोजक प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पत्रकार सम्मेलन गरेका पौडेलले सभापति देउवाले पार्टीलाई धरापमा पार्ने गरी निर्णय गरेको र त्यसविरुद्ध आफूहरु देशभरका कार्यकर्तामाझ जाने चेतावनी दिए।

उनले पार्टीको १४ औं महाधिवेशन मंसिरको पहिलो साताभित्रै गर्नु पर्ने आफूहरुको अडान कायमै रहेको बताए।हामी पार्टीको १४ औं महाधिवेशन मंसिर ४–५ गतेतिर गर्नु पर्छ भन्ने कुरामा अडिक छौं। तर ०७७ को फागुन दोस्रो हप्तातिर लगेर महाधिवेशनको मिति छलफल नगरेर तोकियो। यो नै अब डरलाग्दो कुरा भयो। कतै महाधिवेशन गर्ने नियत हो कि भन्ने हामीलाई आशंका छ,’ उनले भने।पौडेलले विधानलाई टेकेर सहमतिमै पार्टीलाई सञ्चालन गर्नु पर्ने बताए। उनले सभापति देउवाकै कारण पार्टीभित्रका भ्रातृ संगठनको अवस्था भताभुङ्ग भएको र पार्टी सिष्टमभन्दा बाहिर गएको आरोप लगाए।पौडेलले अघिल्लो मंसिरमा बसेको महासमिति बैठकले गरेका निर्णय उल्टाउने अधिकार सभापतिलाई नभएको पनि बताए। ‘महासमितिको बैठकले गरेका निर्णय केन्द्रीय समितिमा बहुमत छ भन्दैमा उल्टाउन पाइँदैन,’ उनले भने,‘विधानविपरीत २८ बाट बढाएर कार्यकालको अन्तिममा ४७ विभाग बनाउने निर्णय पनि मान्य छैन। पौडेलले विधानका अहिले क्रियाशील सदस्यता पाएको व्यक्तिले अहिले नै भोट हाल्न मिल्ने गरी विधानका केही धारा निलम्बन गरिएको र त्यो आफूहरुलाई मान्य नहुने बताए। उनले भने, ‘महाधिवेशन हुनुभन्दा छ महिना पहिले क्रियाशील सदस्यता लिनेले मात्रै भोट हाल्न पाउने विधानमा व्यवस्था थियो, त्यो किन निलम्बन गरियोरु’

पौडेलले गलत मनशायबाट भएका निर्णयहरु नसच्चिए आफूहरु देशभरका कार्यकर्तामाझ जाने चेतावनी दिए। पत्रकार सम्मेलनमा वार्ता टोली संयोजक एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सहमतिका आधारमा अघि बढ्नु पर्नेमा बहुमतको दम्भबाट सभापति अघि बढ्न खोजेको आरोप लगाए।उनले भने,‘हामीहरुबीच कुराकानी भइरहेकै थियो। सहमति नजिक पुगेका बेला एकलौटीरुपमा निर्णय गरियो। यसले पार्टीलाई फाइदा गर्दैन,’उनले भने।महान्त्री डा कोइरालाले सभापति देउवाको एकलौटी निर्णयले पार्टी झन् धरापमा परेको आरोप लगाए। ‘पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्छ। तर, सभापतिजीको निर्णयले फेरि पार्टीलाई धरापमा पार्ने काम भएको छ,’ उनले भने,‘निर्णय सच्याएर अघि बढ्नुको विकल्प छैन।