निश्चल कृषि सहकारीको पाचौं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

कञ्चन/कञ्चन गाउपालिका वार्ड नं। ४ अस्नैयामा रहेको निश्चल कृषि सहकारी संस्था लिमिटेडको पाचौं साधारण सभा संस्थाको बार्षिक आर्थिक प्रतिबेदन छलफल सहित पारित गरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले संस्थाका सदस्यहरुलाई सम्बोधन गर्दै सहकारी संस्थाले शेयर सदस्यहरुको जिवनमा अर्थिक रुपमा सकारात्मक प्रभाव पार्नको लागि सहकारीबाट लिएको कर्जालाई सही ठाउमा उपयोग गर्नु पर्ने बताउनु भएको छ । जिविको पार्जनमा मद्दत पुग्ने योजना बनाएर मात्र सहकारी मार्फत कर्जा लिन सकेमात्र सहकारीमा अन्य गैर शेयर सदस्यहरुको आकर्षण बढ्ने बताउदै कृषि सहकारीहरुले कृषिजन्य क्षेत्रमा लगानी गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्नको लागि गाउपालिकाबाट प्राप्त हुने अनुदानका कार्यक्रमहरुमा सहभागिता जनाउनु पर्ने बताउनु भएको छ।

ब्यबसायिक कृषि उत्पादन माछा पालन,कुखुरा पालन,भैसी पालन,बाख्रा पालन,बेमौसमी खेती लगायत क्षेत्रहरुमा लगानी गराउन गाउपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने बताउनु भएको छ। यदि कृषकहरुले आयमुलक क्षेत्रमा ब्यबसायिक रुपमा काम गर्नको लागि कार्ययोजना बनाएर गाउपालिकामा योजना माग गरे आवस्यक अनुदान उपलब्ध गराउने तर अनुदान पाउनकै लागि भनेर बनाएको योजनाले तत्काललाई फाइदा देखिए पनि दिर्घ रुपमा हानी गर्ने बताउनु भएको छ ।अध्यक्ष क्षेत्रीले पुरातन प्रबृतिबाट गरिने कृषि प्रणालीले अवको समयमा जिविकोपार्जन गर्न नसिकने तर सोही पेसालाई ब्यबसायिक बनाएर काम गर्न सके पैसा कमाउनकै लागि बिदेश जानु नपर्ने बताउदै अव महिलाहरुले आयआर्जन मुलक तालिमहरु संचालन गरी आफ्ना सदस्यहरुलाई आत्म निर्भर बनाउन सकिने र कुनै पेशा गरी जिविको पार्जन गर्न चाहने तर आर्थिक रुपमा बिपन्नहरुलाई सिप र क्षमता अनुसारको श्रोत साधन समेत गाउपालिकाले उपलब्ध गराउने बताउनु भएको छ ।त्यस्तै बिशिष्ट अतिथि तथा कञ्चन गाउपालिका वार्ड नं। ४का कार्यबाहक वडा अध्यक्ष केशर बहादुर खत्रीले सहकारीमा जम्मा हुने बचत तथा कर्जाबापत तिरिने ब्याज समेत पुनः आफैलाइ नै फिर्ता हुने भएकोले सहकारीमा सदस्य बन्नु गर्वको बिषय भएको बताउनु भएको छ । वडा सदस्य कुल बहादुर राजकोटीले कृषि सहकारीले कृषि क्षेत्रमा लगानी गर्नेहरुलाई बढी प्राथमिकता दिनु पर्ने बताउनु भएको छ।संस्थाका अध्यक्ष जगिलाल थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका लेखा समितिका संयोजक ठाकुर सुनारले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थिायो भने सचिव माया दंगालले कार्यक्रम संचालन गर्नु भएको थियो ।संस्थाले साधारण सभाको पुर्व सन्ध्यामा हिजो स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।