‘भिजिट नेपाल २०२०’को गीत सार्वजनिक

प्रकाशित मिति:

                                                             ‘नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी’

बुटवल –  २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने हेतुले तयार पारिएको ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत् रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपालीजनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको देखिन्छ । भिडियोमा पनि सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खनाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ । यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिए । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए ।

गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्किको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद् गरेका हुन । गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ । भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ ।

थप समाचार