नेपालमा कर लागु गर्नु अघि सरकारले ध्यान दिनु पर्ने कुरा र चुनौति !

प्रकाशित मिति:

सक्नेले पो तिर्छन् कर नसक्नेले के गर्ने छाकको लागि मेहनत गर्छन् के तिनि भोकै मर्ने नेपाली भूमि हो यो विदेश बनाउन नखोज्नु हजुर गरिबको छाक टार्ने सोच्नु कर बारे नसोच्नु हजुर जसको शक्ति उसको भक्ति भन्ने उक्ति शत्य हुदैछ हाम्रो देशमा ।नेपाल एक कृषिप्रधान देश हो र प्राकृतिक सुन्दरताले भरिपुर्ण देश वाह साच्चिकै सुन्दर नामले परिचित छ यो देश । अहिलेको माहोल राजनितिक तवरले पनि स्थायी छ तर बिडम्बना के गर्नु जनाताको ईच्छा विपरीत अनावश्यक नीतिनियम बनाउदा जनतानै मारमा पर्ने त होईनन् ।। धेरै कुराहरुले भरिपुर्ण हुदाहुदै पनि अन्य देशभन्दा कम विकसित छ यो देश यो हामी सबैलाई अवगत नै छ।

तर के गर्नु हामी मौन नै रहनु परेको छ। देश अघि बढ्ला मुहार फेरिएला गरिब जनताले केही राहत पाउलान् भनेर आस गर्दा त झन् अनेक के हो के बुझ्नै सकिएन ।  जहाँ बिरामी हुँदा अस्ट्रेलिया उपचार गर्न युवा मरे मरेकाको रेमिटान्स गरिन्छ त्यहाँको विकास कहिले हुन्छ ।साच्चिकै देशको मुहार फेरेको हेर्न चाहनुहुन्छ भने युवालाई मरुभूमिमा होइन आफ्नै भूमिमा पसिना बगाउन दिनुहोस् बल्ल विकास निर्माण अघि बढ्छ। नेपाल हो यो विदेश नसम्झिनु त्यहाँको शिक्षा नै रोजगारीमा आधारित हुन्छ त्यहि अनुसारका जनता हुन्छन् ।परिवार सबै रोजगारी हुन्छन् र कर तिर्न केही समस्या नै हुँदैन यहाँ एक छाक टार्न दिनरात मेहनत गर्नुपर्छ त्यति गर्दा पनि पेट भर्न गाह्रो पर्छ एक सरो राम्रो नलाई मेहनत गर्छन् यो देशमा यस्तो गरिबले हजुरले लगाएको नियम अनुसार कसरि तिर्छन् कर?? आफै भन्नुहोस् ।। मान्छेलाई सुखको उपभोग प्रशस्त भय पो कर तिर्छन् सेवा गर्छन् ।

जे गर्न नि धन नै अघि लगाउन परेसी के गरी तिर्छन् कर? आफ्ना जनतालाई आफ्नै भूमिमा रोजगार दिनुहोस् देश पनि बन्छ गरिब पनि धनी हुन्छन् र तिर्छन् कर ।विदेश घुम्न जानुहुन्छ एकदिन फर्किदा नेपाललाई नै विदेश सम्झिने मुर्खता त गर्नु भएन नी हजुर । यो देश विदेश बन्न केही समय लाग्दैन हजुरहरुले नै स्विजरल्याण्ड बनाउछु पनि भन्नु भएको छ तर बिडम्बना यो भाषणमा मात्र सीमित भयो के जनताको प्रश्न यही छ कहिले बन्छ यो देश स्विजरल्याण्ड र गरिबले दुई छाक टार्न पाई देशमा कर तिरी अर्थतन्त्र मजबुत बनाउने?? गरे असम्भव केही छैन नहुने पनि केही होइन आफ्नैले आफ्नै नचिन्ने धनीले गरिबलाई पेल्न नछाड्ने के गरी हुन्छ ।अरु केही नभए पनि पढेका युवालाई त्यहि अनुसारको रोजगार पाए भने साच्चिकै फेरिन्छ यो देश ।हजुरहरुले लगाएको नियम पनि पूरा हुन्छ । अब हजुरहरुले सोच्ने बेला आएको छ यो नीति लागू गर्दा कति जनता खुसी छन् र कति मर्कामा परेका छन् ।कसरी यो विषयलाई सन्तुलनमा लैजान सकिन्छ?? सबै कुरा ख्याल गरेर मात्र नियम लागू गर्नुहोस् ।। कर लागु गर्नु अघि सबै कुरा बुझ्नुहोस् पहिले कतै कोही समस्यामा पर्छन् कि सोच्नुहोस् अहिले नीतिनियम बनाउदा समान रुपले बनाउनुहोस् धनीलाई फरक नपर्ला गरिबलाई नदबाउनुहोस् ।

बबिता थापा

रिब्दिकोट ०७ बतासे पाल्पा