सिड्नीमा प्रदर्शन गरियो पुष्प र साम्राज्ञीको ‘मारुनी’

प्रकाशित मिति:

सिड्नी – अस्ट्रेलियाको सिड्नीमा फिल्म ‘मारुनी’ प्रदर्शन गरिएको छ । शुक्रवार यहाँ भएका नेपालीमाझ फिल्मको प्रदर्शन गरियो । निर्माण टिमका अनुसार फिल्मले अस्ट्रेलियामा रहेका नेपालीको मन जितेको छ । फिल्मकी निर्मात्री पुनम गौतमले यो फिल्म हेर्न अपेक्षा गरेभन्दा बढी दर्शक आएको दाबी गरिन् । यता फिल्म अभिनेता पुष्प बहादुर खड्काले पनि सिड्नीको शोलाई दर्शकले माया गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

फिल्म प्रदर्शनका लागि अभिनेता पुष्प बहादुर खड्का, निर्मात्री पुनम गौतम लगायत अस्ट्रेलिया पुगेका थिए । निर्माण टिमले अस्ट्रेलियाका अन्य शहरमा पनि फिल्म देखाइने बताएको छ । नवल नेपालले निर्देशन गरेको यो फिल्ममा पुष्पका अलावा साम्राज्ञी शाह, रेविधका गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ । फिल्मले नेपालमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । यद्यपि फिल्म रिलिजअघि भने राम्रै चर्चा थियो ।