प्रधानमन्त्रीलाई श्वेतपत्र जारी गर्न शान्ती समाज रुपन्देहीको आग्रह

प्रकाशित मिति:

बुटवल – मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखाले पछिल्लो सिमा विवादबारे प्रधानमन्त्रीले श्वेतपत्र जारी गर्न भन्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ । कालापानी-लिम्पियाधुरा देखि मिचिएका सिमानाहरुका बारे र त्यस सम्बन्धि पछिल्लो राजनीतिक छलफल सहित आम जनतालाई सुसूचित गराउनुपर्ने भन्दै श्वेतपत्रमार्फत जानकारी दिन भन्दै शान्ती समाजले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला सभापति धनपती खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, सिमाक्षेत्रका भारतीय सेना तुरुन्त फिर्ता जानुपर्छ र नयाँ राजनीतिक नक्सा खारेज गर्नुपर्छ ।

पटकपटक छिमेकीहरुको बक्रदृष्टि, बलमिच्याई गर्ने गरिरहेको र त्यसले नेपालको स्वाभिमान माथी नै आच आएको भन्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोबिन्द खनालले भारतले नक्सा सुधार्न र सेना फिर्ता गर्नुपर्ने बताए । छोटो प्रतिक्रिया दिदै प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले सार्वजनिक सरोकारको चासोको बारेमा शान्ति समाजले उठाएको बिषयलाई सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाएका थिए । जिल्ला सभापतिले बाचन गरेर  केन्द्रिय उपसभापति लगायतले ज्ञापनपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला शाखाका पदाधिकारी, पत्रकारहरुको उपस्थिति रहेको थियो भने सहसचिव कपिल ज्ञवालीले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय चासोको बारेमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै श्वेतपत्र जारी गर्ने गरिन्छ ।

बिज्ञप्ती

थप समाचार