काठमाडौंबाट विप्लव समूहका १३ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्ग बाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आइतवार(आज) दिउँसो प्रदर्शनीमार्गबाट १३ जनालाई नियन्त्रणमा लिएको हो ।

विप्लव समूह निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सीमा अतिक्रमण विरुद्ध गर्न लागेको प्रदर्शन पूर्व प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले पुलिस क्लवमा राखेको छ ।