जनावरले मान्छे खायो

प्रकाशित मिति:

बुटवल – धुर्कोट गाउपालिका २ पिपलधारामा जंगली जनावरको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । साविक पिपलधारा गाविस ३ वङज्याङको जंगलमा पिपलधाराका ३७ वर्षिय सुरज खड्काको मृत्यु भएको हो । हाल नवलपरासीको रजहरमा वस्ने खड्काका कुल पुजाका लागि सो स्थानमा पुगेका थिए ।

केहि दिन देखि हराएका भनिएका खड्काको अंगभङग भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुशार शब भित्री अंग जंगली जनावरले खाएको अवस्थामा भेटिएको हो । गाई वाख्रा चराउने स्थानियले शव देखिपछि प्रहरीलाई खवर गरिको थियो । सो क्षेत्रमा चितुवा लगायतका जंगली जनावरको आतक रहेकोले उनको रातीको समयमा जनावरले आक्रमण गरेको हुनसक्ने खड्काका आफन्त बाबुराम खड्काले बताए । आर्थिक अवस्था निकै कमजोर रहेका खड्काको जनावरको आक्रमणवाट मृत्यु पछि स–साना दुई छोरी र श्रीमतिको विचिल्ली भएको छ ।