संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो अपुरो छ: गायिका नित्याशिवा

प्रकाशित मिति:

काठमाडौँ /सुनसरी जन्मथलो भए पनि काठमाडौ लाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा उदाउदै गरेकी गायिका नित्याशिवा पछिल्लो समय निकै व्यस्त रहेकी छन । नेपाली गीत संगीतमा धेरैलाई संगीतको शिक्षा दिएका गुरु गुरुदेव कामत सगँ संगीतको शिक्षा लिएकी नित्या हाल चण्डी काफ्ले सङ संगीत सिक्दैछिन । संगीत साधना हो साधना बिना साङितिक जीवन अपुरो अधुरो हुन्छ भन्छिन नित्या । आफ्नो दुई एल्बम चाहना मनको र मेरो दिलमा दुई गीति एल्बम बजारमा ल्याइ सकेकी उनले हाल सम्म विभिन्न ११ चलचित्रमा आफ्नो स्वर दिएकि छ्न । बिधवा चलचित्रमा राजेश पायल राई सगँ गालैको कालो कोठिले गाएर नेपाली रजतपट मा उनले प्रवेश गरेकी थिईन

बिधवा, रथ, गोरे, काँचुली, लवजोन,सम्हाली राख है, मेरो दिल छ पोखरामा ,मदहोस,सत्यम शिवम ,सुन्दरम लगाएत करिब ११चलचित्र मा आफ्नो स्वर दिएकी छन करिब ११ भोजपुरी चलचित्रमा आवाज दिएकी नित्याशिवा पाश्व गाएन मा आफ्नो पहिचान बनाउन लागी परेकी छन