यी हुन् चन्द्रमामा अन्त्येष्टि गरिएका दुनियाका एकमात्र मानिस

१३ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
78 Shares


एजेन्सी –  विश्व इतिहासमा यस्ता कैयन् वैज्ञानिकहरु छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन् ।यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरेका थिए ।२८ अप्रिल १९२८ मा जन्मिएका युजिन २० औँ शताब्दीका महान विद्वानमध्ये एक थिए । उनको योगदानका लागि सन् १९९२ मा उनले अमेरिकाको विज्ञान क्षेत्रको राष्ट्रिय पदकसमेत पाएका थिए । युजिनलाई एरिजोनास्थित उल्कापिण्डले बनाएको खाडल बेरिन्जर मेटियोर क्रेटर० जस स्थल खाडीहरुको अध्ययनका लागि पनि चिनिन्थ्यो ।उनी अमेरिकाको खगोल भूविज्ञान अनुसन्धान कार्यक्रमका पहिलो निर्देशक पनि थिए । युटा र कोलोराडोमा पहिलोपटक युरेनियमको अन्वेषण उनैले गरेका थिए ।साथै उनले ज्वालामुखी प्रक्रियाहरुको पनि अनुसन्धान गरे ।

आजभन्दा साढे ६ करोड वर्ष पहिले पृथ्वीमा एक विशाल उल्कापिण्ड खसेका कारण डाइनोसरलगायतका जीवहरुको विनाश भएको र त्यसरी उल्कापिण्ड खसेको ठाउँ मेक्सिकोस्थित युकाटन द्वीप रहेको भन्ने वैज्ञानिक खोजमा पनि उनले सहयोग गरेका थिए ।उनले चन्द्रमाको पनि विस्तृत अध्ययन गरेका थिए । उनी प्रायः अन्तरीक्षयानमा चढेर चन्द्रमामा जाने कल्पना गर्दथे । यद्यपि उनलाई आफ्नो सपना पूरा गर्ने अवसर कहिल्यै प्राप्त भएन । एक गम्भीर रोगका कारण उनी अन्तरीक्षयानमा जान सकेनन् । तर सन् १९९७ मा उनको मृत्युपछि नासाले उनको सपनालाई केही हदसम्म पूरा गर्ने काम गर्यो । उनको अस्तु अर्थात् लास जलाएको खरानीलाई चन्द्रमामा पुर्‍याइयो र अन्त्येष्टि गरियो । योसँगै चन्द्रमामा अन्त्येष्टि गरिने उनी विश्वका एकमात्र मानव बन्न सफल भएका भए ।सन् १९९७ को जुलाई १८ मा कार दुर्घटनामा उनको मृत्यु भयो । दुर्घटनामा उनकी पत्नी गम्भीर रुपमा घाइते भइन् । उनकी पत्नी क्यारोलिन पनि एकजना खगोलशास्त्री हुन् जसको उमेर अहिले ९० वर्ष भैसकेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल