माफिया बस्ने कुर्सी र टेबल तोडफोडको जिम्मा नेबी संघ लिन्छ : केन्द्रिय सदस्य पाण्डे

१० आश्विन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


असोज १० बुटवल । नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसले मनपरी गर्ने क्याम्पस प्रमुख तारा प्रशाद उपाध्याय बस्ने कुर्सी र गाडीमा तोडफोड गरेको छ ।

कर्मचारी नियुक्तिमा मनपरी गरेको र इन्ट्रान्स पेपर आउट गरी सुनुयोजित तरिकाले हैकम मच्चाएको प्रती नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य टंक पाण्डेको नेतृत्वमा तोडफोड गरेको हो ।

साथै नेपाल विद्यार्थी संघले उठाएका जायज मागलाई क्याम्पस प्रमुखले चासो नलिएको र एकलौटे ढंग बाट माफिया तन्त्र ल्याउन खोजिएको आरोप लगाउदै नेबी संघ चरणबद्द आन्दोलनमा उत्रिएको ईकाई सभापति सुरज क्षेत्रीले जानकारी दिए ।

नेबिसंघ केन्द्रिय सदस्य टंक पाण्डे, लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री  नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा , राममणिका सभापति चिरञ्जिबी बस्याल सिद्धार्थका सचिव दीपक घिमिरे लगायतले क्याम्पसले आफुखुसी मान्छेलाइ जागिर दिएको भन्दै निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया