घरेलु मैदानमा हार्‍यो आर्सनल

प्रकाशित मिति:

एजेन्सी/ इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २(१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा आर्सनललाई स्तव्ध पार्न जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरेका थिए ।आर्सनलको इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो ।

तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २(१ को जित दिलाए ।जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।