भोली सार्वजनिक विदा : ‘सबै सरकारी कार्यालय बन्द हुने’ [बिज्ञप्ती]

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल  – सरकारले भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भोली पौष १५ गते मंगलबार सार्वजनिक विदा दिएको हो । गण्डकी प्रदेशले भोली विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको बताइएको छ ।

पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष पनि गण्डकीले पुस १५ मा सार्वजनिक बिदा दिएको थियो । अन्य प्रदेशहरुका बारेमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

बिज्ञप्ती