भनेकै समयमा गर्भ बस्नको लागि यो समयमा यौन सम्पर्क गर्नुपर्छ- डा. सबिना यसो भन्छिन

१४ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
136 Shares


काठमाडौं – नेपालमा पछिल्लो समय बाँझोपन एक जटिल समस्याको रुपमा देखिएको छ । यसमा महिला र पुरुष दुबैको गल्ती हुने जानकारहरु बताउँछन । लामो समय देखि डा. सबिना सिम्खडा यस क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । उनले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो ।

उनले यो तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् । निःसन्तानपन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार सम्भव छ भनेर देखाएकी छिन् । पछिल्लो समय निःसन्तानपनको बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा.सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थायी साधनको प्रयोग बिना शारिरक सम्पर्क गर्दा बच्चा बसेन भने बाँ’झोपना हुने उनी बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बाँ’झोपना हुने सम्भावना धेरै हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने सम्भावना रहन्छ ।

दैनिक जस्तो शारिरिक सम्पर्क गर्दा वा म’हिनावारी भएको १० देखी २० दिन भित्र सम्पर्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउनु पर्ने उनले सुझाएकी छिन् । पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बाँ’झोपनाको उपचार गर्न नेपाल आउने गरेको डा.सबिनाको अनुभव छ । उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् । जनबोलीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ