गृहमन्त्री र रक्षामन्त्रीले सिंहदरबार बोलाएर पक्राउ गर्न लगाए : सीपी गजुरेल

प्रकाशित मिति:

काठमाडौं – आइतबार सिंहदरबारको गेटबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओबादी)का उपाध्यक्ष सीपी गजुरेल आज रिहा भएका छन् । आइतबार रक्षामन्त्री इश्वर पोखरेललाई सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा सिंहदरबारको गेटबाट उनीसहितको टोलीलाई प्रहीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कोही आइतबार नै रिहा भए भने गजुरेल आज रिहा भएका हुन् ।

नेता गजुरेलले सिंहदरबारमा रक्षामन्त्री र रामबहादुर थापा बादलले आफुहरुलाई सिंहदरबार बोलाएर सुनियोजित तवरबाट पक्राउ गर्न लगाएको आरोप लगाए । ‘हामी ज्ञापनपत्र बुझाउन जाँदै छौं भन्ने रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । रक्षामन्त्रीले त समय नै दिनुभएको थियो’,उनले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’-आइतबार सिंहदरबारको गेटबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओबादी)का उपाध्यक्ष सीपी गजुरेल आज रिहा भएका छन् ।

आइतबार रक्षामन्त्री इश्वर पोखरेललाई सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा सिंहदरबारको गेटबाट उनीसहितको टोलीलाई प्रहीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कोही आइतबार नै रिहा भए भने गजुरेल आज रिहा भएका हुन् ।नेता गजुरेलले सिंहदरबारमा रक्षामन्त्री र रामबहादुर थापा बादलले आफुहरुलाई सिंहदरबार बोलाएर सुनियोजित तवरबाट पक्राउ गर्न लगाएको आरोप लगाए । ‘हामी ज्ञापनपत्र बुझाउन जाँदै छौं भन्ने रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । रक्षामन्त्रीले त समय नै दिनुभएको थियो’,उनले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’