वुटवल मण्डपमा दशै सस्तो वजार लाग्ने

प्रकाशित मिति:

बुटवल । असोज १९ देखी संचालन हुन लागेको तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा दशै सस्तो बजार लगाइने भएको छ ।
साल्ट टेडिडको चिनी तथा नुन, दुग्ध जन्य पदार्थ, खाद्यान्न, उच्च पहाडी क्षेत्रमा उत्पादन भएका फापर, जुम्लाको आलु, मार्सि चामल, कालो चामल, कदकनाथ जातको कालो कुखुराको मासु तथा अण्डा, मार्फाको स्याउ दशै वजारमा राखिने आयोजकले जनाएका छन ।
उपभोक्ताहरुलाई लक्षित गरी उद्योग व्यापार संघ बुटवलको आफ्नै व्यवस्थापनमा दशै बजार संचालन गर्न लागिएको संघका महसचिव तथा मुल आयोजक समितिका सदस्य सचिव केशव श्रीसले जानकारी दिए ।
नजिकिदै गरेको दशैको लागि सामान खरिद गर्न अन्यत्र धाउनु पर्ने वाध्यता हटाउन प्रर्दशनी स्थलमै दशै वजार संचालन गर्ने निर्णय भएको मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष प्रविण पाठकले बताए ।

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागीएको प्रर्दशनीमा विभिन्न ८ वटा प्याभिलियन राखिएको छ । ति प्याभिलिन मध्ये एउटा प्याभिलियनमा दशै बजार स्पेशल बनाउन खोजिएको हो ।
प्रर्दशनीमा ४ सय भन्दा वढि स्टल रहने छन । आवश्यक स्टलहरु दर्ता भइ सकेकाले वुकिड कार्य करिव करिव सकिएको आयोजकले वताएका छन ।

संघका पुर्व अध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले प्रर्दशनीलाई विगतको भन्दा बढि आकर्षक बनाउन धरहरा, रानी पोखरी स्वरुपको प्रवेशद्धार लोपोन्मुख चर्खे (रोटे) पिङ र लिङगे पिङ राखिएको छ । चिल्ड्न पार्क सहित फन पार्क मेलाको आकर्षणका रुपमा रहेका छन ।मेला भित्र प्रवेश गर्दा दशै तिहार आएको झलको दिने गरी संरचनाहरु तयार गरिएको मेला प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए ।

तयारी स्वरुप सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग भेटघाट तथा अन्तरक्रियालाई तिव्रता दिईएको छ । बुधवार वुटवल उपमहानगरपालिका अन्तर्गतका टोल विकास संस्थाका पदाधीकारीहरु संग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागी टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरुले बुटवलको प्रर्दशनी सबैको प्रर्दशनी भएको बताउदै तल्लो तह देखी छलफल गरिनु राम्रो भएको बताए । कार्यक्रममा मुल आयोजक समितिका संयोजक प्रविण पाठक, संरक्षक द्धय खिमनारायण पराजुली, खेम श्रीस लगायतले बुटवलको प्रर्दशनीले बुटवलवासीको आर्थिक विकासमा टेवा पुग्ने भएकाले सफलतापुर्वक सम्पन्न गर्नु वुटवलवासीको दायित्व हुने बताए । त्यसैगरी संघमा आवद्ध उद्योगी व्यवसायीहरुसंग पनि छलफल भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले मेलालाई सानदार रुपमा सम्पन्न गर्न कुनै कसर वाकी नराख्ने प्रतिवद्धता जनाएका थिए ।
जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेको उक्त प्रर्दशनी असोज १९ गते देखी २८ गते सम्म संचालन हुनेछ । प्रर्दशनीमा ३ लाख भन्दा वढिलाई अवलोकन गराउने र २० करोडको कारोवार हुने आयोजकले जनाएका छन ।