‘परदेशी २’ का हिरो बन्दै प्रकाश सपूत

प्रकाशित मिति:

काठमाडौं – गायक प्रकाश सपूतलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने भएका छन् । नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ मा उनलाई शीर्ष भूमिकामा देखिने भएको हो । यसअघि निर्देशक रायमाझीले ‘परदेशी’ नामक फिल्म बनाएका थिए । उक्त फिल्ममा इन्डियन आइडलबाट चर्चामा आएका प्रशान्त तामाङ शीर्ष भूमिकामा थिए ।

‘परदेशी २’ मा प्रकाश सपूतले अभिनय गर्ने पक्का भइसकेको छ । फिल्मका लागि नायिकाको खोजी भइरहेको जनाइएको छ । सपूत लोकगीत ‘बोल माया’ बाट एकाएक चर्चामा आएका थिए । त्यसपछि उनले सोही गीतको ‘प्रिक्वेल’ पनि निकालेका थिए । उक्त ‘गलबन्दी’ बोलको गीत पनि लोकप्रिय भएको थियो ।  यसअघि रायमाझीले निर्देशन गरेका फिल्म ‘परदेशी’ र ‘गोर्खा पल्टन’ ले लोकप्रियता कमाएका थिए । यसपटक पनि रायमाझीले विदेश गएका नेपालीकै कथामा फिल्म निर्देशन गर्न लागेका हुन् ।