दाउन्नेदेवी मा.बी अभिभावक भेला एवं विद्यालय ब्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न

१४ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
60 Shares


रामु भुसाल / बर्दघाट – दाउन्नेदेवी माध्यमिक विद्यालय बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीको अभिभावक भेला एवं विद्यालय ब्यवस्थापन समिति गठन कार्यक्रम सोमबार विद्यालयको प्रांगणमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगर शिक्षा प्रमुख ईन्द्र बहादुर कुंवरको समयोजकत्वमा सम्पन्न भेलाले आागमी ३ बर्षका लागी नयाँ विद्यालय ब्यवस्थापन समिति गठन प्रकृया अगाडी बढाएको छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष विष्नुमाया पोखरेल, विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य वडा नम्बर ४ का वडाध्यक्ष एवंं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल,

शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष गुरुंग लगाएतले मन्तब्य राख्नुभएको थियो । विद्यालय प्रअ चिरञ्जिवी खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गर्नुभएको थियो । सो भेलाले पुन समिति गठन हुन नसकेपछी नगर शिक्षा प्रमुख ईन्द्र बहादुर कुंवरको समयोजकत्वमा ३ सदस्यिय सहयोग समिति गठन गरिएको छ । जसको सदस्यहरुमा वडाध्यक्ष रविन्द्र विक्रम हमाल र विद्यायलयका प्रअ चिरञ्जिवी खनाल रहनुभएको छ । सो समितिले एक हप्ता भित्र सर्वसम्मत ब्यवस्थापन समिति गठनको प्रकृया टुंगो लगाउने समयोजक कुंवरले जानकारी दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल