सैनामैना महोत्सव सफल बनाउन निरन्तर छलफल

प्रकाशित मिति:

नरेश चौधरी / मुर्गियासैनामैना उधोग बाणिज्य संघले आयोजना गर्ने चौथो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सवलाई सफल बनाउन तथा पुर्व तयारीका विषयमा छलफल तथा अन्तरक्रृया कार्यक्रमलाई निरन्तर जारी राखेको छ । आजको छलफल सैनामैनाका विद्यालयका प्रद्यानध्यपक ताथा विद्यालयका प्रतिनिधिहरु संग छलफल गरिएको छ । महोत्सवलाई सफल बनाउन विद्यालयका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । आज मेला सचिवालयमा बसेको बैठकमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।सैनामैना महोत्सवमा विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम राखेकोमा धन्यबाद दिदै डान्सिङ्ग आईडललाई निश्पक्ष बनाउनु पर्ने शिक्षकहरुको सुझाब रहेका थियो । महोत्सव चौथो संस्करणका रुपममा पौष २४ गते देखि माघ ६ गते सम्म सैनामैनाको मुर्गिया निर्माणधिन बहुउद्देशिय रंगशलामा संचालन हुने छ ।

आजको छलफल कार्यक्रम मेला मुल अयोजक समितीका संयोजक राजबहादुर क्षेत्रीको प्रमुख अतित्थ्यता उपसंयोजक रिम बहादुर श्रेष्ठको अध्यक्षता तथा महासचिव दिपक अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । यस्तै भोलि पत्रकार तथा सुरक्षाकर्मीहरु संगछलफल गरिने आयोजकले जानकारी दिएको छ ।