भू-उपयोग योजना कार्यान्वयन सम्बन्धी प्राविधिकहरुलाई तालिम

प्रकाशित मिति:

नरेश चौधरी/मुर्गिया-रुपन्देही जिल्लाका स्थानीय तहका प्राविधिकहरुलाई भू–उपयोग योजना कार्यन्वयन सम्बन्धी प्राविधिक तालिम प्रदान गरिएको छ । अव्यवस्थित वस्ती र जमिनको खण्डीकरणलाई निरुत्साहित गर्न मद्दत पुग्ने, र प्राविधिकहरुको क्षमता तथा सिप विकास गराउने उद्देश्यले सो तालिम प्राविधिकहरुलाई प्रदान गरिएको हो ।स्थानिय तहहरुमा व्यवस्थित आवास क्षेत्र, औद्योगिक क्षेत्र र कृषि क्षेत्रहरुको पहिचान गरी सोही अनुरुप पूर्वाधार विकास, व्यवस्थित सेवा प्रवाहको व्यवस्था गर्ने तथा प्राविधिकहरुको सिप क्षमता विकास गर्ने उद्देश्यले प्राविधिकहरुलाई यस खालको तालिम प्रदान गरिएको रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले बताउनु भयो ।

अहिले यस क्षेत्रमा अव्यवस्थित वस्ती र जमिनको खण्डीकरणले कृर्षियोग्य जमिन मासिदै गएको, खोला जंगल अतिक्रमण हुंदा वातावरणीय समस्य तथा वातावरणीय शुन्दरतामा ह्रास आएको र निकट भविष्यमै हुन सक्ने गलत परिणमलाई मध्यनजर गर्दै अब पालिकाहरुले भु–उपयोग योजना अनुसार काम गर्नु पर्ने कुरा सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।सैनामैनाका प्रमुख प्रसाशकीय अधिकृत टेकराज पन्थीले कार्य स्थलमा यस तालिममा सिकेका कुरा ब्यवहारमा उतर्न प्राविधिकहरुलाई अनुरोध गर्नु भएको भयोे ।सैनामैना नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष रत्न बहादुर पोडेल, इन्जिनियर सुरज थापा, नापी अधिकृत राजिव ज्ञवाली, जित बहादुर परियार लगायतले भू–उपयोग योजना कार्यान्वयनका विषयमा बोल्नु भएको थियो ।रुपन्देही जिल्लाका स्थानिय तहका प्राविधिकहरु सहभागि भएको कार्यक्रम ६० घण्टा सम्म प्रदान गरिएको थियो । कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभागको आयोजना तथा सैनामैना नगरपालिकाको व्यवास्थापनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम नापी विभागका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।