नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजीमा बढुवा सिफारिस

१४ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
177 Shares


काठमाडौं – नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवाका लागि सिफारिस भएकी छिन् ।वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा। सिंह प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा बढुवा भएकी हुन् ।गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई सोमबार एआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।प्रहरी अस्पताल महाराजगंञ्जमा कार्यरत उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।अस्पतालकी मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा प्राविधिक तर्फको एआइजी पद रिक्त थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया